काठमाडौँ । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक आज बिहीबार बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचनकाे घाेषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेकाे थियाे ।
स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न आज कार्यसम्पादन समितिकाे बैठक डाकिएकाे हाे । यसबाहेक बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ ।
कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहान्त्रीसहितका पदाधिकारी रहन्छन् । याे समितिमा ३७ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस