काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ ।
२०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् ।
पक्राउ पर्नेहरुबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ माघ २०७८, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट