भैरहवा । एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले शनिबार सांझ धकधईमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।
धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरू राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गरलगायतका नारा लगाएका थिए ।
विरोध प्रदर्शनपछि बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
एमाले रोहिणी गाउँपालिका कमिटीका सचिव भोला क्षेत्री (राजाबाबु), राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का इञ्चार्ज अमितकुमार शुक्लाले गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै ‘विप्लव’ समूहले गर्यो प्रदर्शन
माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा
काठमाडौँका यी ठाउँमा २ महिनासम्म भेला र प्रदर्शन गर्न निषेध
आज काठमाडौँमा र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक
हर्क र कुलमानका समर्थकद्वारा शीतल निवास अगाडि प्रदर्शन
हेटौँडामा पनि जेनजीको प्रदर्शन