सुर्खेत । कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भाेलि आईतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।
गैरसांसद मन्त्री बनाउने भएपछि माओवादी सांसदको विरोध
गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीका सांसदहरूले विरोध जनाएका छन् । माओवादी कर्णालीमा सबैभन्दा ठुलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक संञ्जालमा फेसबुकममा स्टाटस लेखेर विराेध गरेका छन् ।
‘पहिला पहिला बुढाबुढीले भन्थे काशी जानु कुतिको बाटो नसमाउनु बाबु । आज यहि चरितार्थ भएको छ, माओवादी संसदीय दल कर्णाली प्रदेशमा । यसै पनि चाहे जुनसुकै पार्टी सम्बद्ध सांसद हुन कर्णाली प्रदेशका सांसदहरूको प्रदेश सभामा उनीहरूको भुमिकालाई हेर्याे भने कुनै खोट लाउने ठाउँ छैन,’ उनले भने, ‘यो भनेको सांसद हुदाँहुदै गैरसांसदलाई मन्त्री बनाउने अराजनैतिक कदम हो । त्यो पनि पुन एकचोटि कलाविहीन नाटक प्रहसनको दुस्साहास गरिएको छ । हेक्का रहोस यहाँ कुन व्यक्ति आउँदैछ भनेर जनताबाट मन्त्री बन्ने व्यक्तिको विरोध गर्न खोजेको पटक्कै होइन । तर, राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुर जस्तो घरको न घाटको जस्तो बनाएर जेसिबीले हयाङ्गर लगाएर ताने जस्तोगरी जनताबाट एकै चोटी मन्त्रीमा ल्याउने कुराले अहिले निर्णय गर्ने महाशयहरूलाई जंगे बोल्यो बोल्यो, जंगेपछि फर्कदैन भनेर आफूलाई जंगबहादुर नैं ठाने पनि प्रकारान्तरले निम्न दुष्परिणामरु भोग्नु पर्ने निश्चित प्राय: छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ माघ २०७८, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’