सुदूरपश्चिम : थप २०३ जनामा सङ्क्रमण

रासस

बुधबार, १९ माघ २०७८, १९ : ४६
सुदूरपश्चिम : थप २०३ जनामा सङ्क्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बुधबार थप २०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९६८ जनाको नमूना परीक्षण गर्दा २०३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

पीसीआरमार्फत ६७ र एन्टिजेनमार्फत १३६ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ५३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा २४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १८८ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ । 

प्रतिक्रिया दिनुहोस