अब हुदैछ भरतपुर महानगरको सबै सडक झिलिमिली, महानगर भित्र १ हजार ९ सय ३३ स्मार्ट सडक बत्ति जडानको थालनी

प्रकाश सिग्देल

मंगलबार, १८ माघ २०७८, १८ : ५९
अब  हुदैछ भरतपुर महानगरको सबै सडक झिलिमिली, महानगर भित्र १ हजार ९ सय ३३ स्मार्ट सडक बत्ति जडानको थालनी

चितवन । भरतपुर महानगरले थालेको उज्यालो शहर अभियानको औपचारिक सुरुवात भएको छ । नेपाल बिद्युत प्राधिकरण र भरतपुर महानगरको साझेदारीमा सुरु भएको उज्यालो शहर अभियान अन्त्रगतको स्मार्ट सडक बत्ति जडान कार्यकोे उद्धघाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले अभियानको शुभारम्भ गरेकि छिन्  ।

भतपुर महानगर २५को शुक्रनगर सानाकिसान चोृकमा स्मार्ट सडक बत्तिको पोल जडान गरि महानगर प्रमुख दाहालले यसको शुभारम्भ गरेकी हुन्  । मंगलपुर शिबनगर शुक्रनगर प्रचण्ड मार्गको २२.१३ किलोमिटर सडकमा ६५२ वटा स्मार्ट सडक बत्ति जडान गर्ने कामको मेयर दाहालले शुभारम्भ गरेकी हुन्  ।

भरतपुर महानगरले भरतपुर महानगरमा ८ वटा रुटलाई पहिलो प्राथमिक्तामा पारेर त्यसको ७८.१ किलोमिटर सडकमा १ हजार ९ सय ३३ वटा सडक बत्ति जडान गर्दै छ ।

११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाको लागतमा सेफ स्टील,सूर्योदय उर्जा,टपशन जेभीले निर्माणको टेक्का पाएको नेपाल बिद्युत प्राधिकरण राष्ट्यि सडक बत्ति प्रर्वधन आयोजनाले जनाएको छ ।

यी सबै बत्तिहरु स्मार्ट हुने र कार्यालयमै बसेर कुन बत्ति कहा बिग्रिएको छ भनेर मोनिटरिगं समेत गर्न मिल्ने गरी बत्ति जडान हुने आयोजनाका अधिकारहिरु बताउछन् । जसको ५ वर्ष सम्म निमार्ण कम्पनिले मर्मत सम्भार समे गर्ने गरि ठेक्का सम्झौता भएको बताईएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै मेयर दाहालले यो सबै स्मार्ट बत्ति  जडान गर्ने काम आगामी बैशाख भित्र पुर्ण रुपमा सकिसक्न निर्देशन दिइन । भरतपुर महानगरलाई सुन्दर हराभरा संगै उज्यालो महानगर बनाउन आफु लागेको र त्यही अन्तर्गत उज्यालो सहर अभियानको परिकल्पना गरिएको दाहालको भनाई छ । यसले भरतपुर महानगरको बिकासमा थप टेवा पुग्ने उनको भनाई छ ।  

आयोजनाले हाकिमचोक गितानगर जगतपुर सडक खण्डको १८.४६ किलोमिटर सडकमा ४०१ वटा, चौबिशकोठैदेखी मेघौली सम्म ५६९ वटा,पुलचोक देखी दियालो बंगला सम्म ५८ वटा, दियालो बंगला देखी जिल्ल प्रशासन कार्यालय सम्म  १६५ वटा, बसेनी बजार देखी लामाटोल सम्म ५० वटा, बिरेन्द्र क्याम्वसचोक देखी बिशालचोक सम्म ३८ वटा गरेर १ हजार ९ सय ३३ वटा सडक बत्ति जडान गर्दै छ ।

यो जडान पछि फेरी बाँकी सडकका लागी थप कार्यक्रम अगाढी बढाईने पनि मेयर दाहालले बताइन ।  कार्यक्रममा बिभिन्न राजनितिक दलका स्थानिय प्रतिनिधिले मेयर दाहालले भरतपुरको बिकासका लागी नमुना काम गरेको भन्दै उच्च प्रसंसा गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका पुराना नेता बिष्णु ढकालले मेयर दाहालकै कारण भरतपुर महानगरमा नमुना काम भएको बताए  । मेयर दाहाल नभएको भए भरतपुर महानगर बिशेष गरी पश्चिम चितवनको बिकास सम्भव नहुने तर्क गर्दै महानगरमा कसैले नसोचेको बिकास मेयर दाहालले गरेर देखाएको बतइन  ।

कार्यक्रममा भरतपुर महानगर २५ का वडा अध्यक्ष बिजय भुजेलले महानगर प्रमुख दाहालकै कारण पश्चिम क्षेत्रको बिकासले फड्को मारेको बताए ।

प्रतिक्रिया दिनुहोस