कार्ल माक्र्स द्धिशताब्दी जन्मजयन्ती

माक्र्सले देखाएको क्रान्ति र मुक्तिको बाटोमा हिड्न मोहन वैद्यको अपिल

शनिबार, २२ बैशाख २०७५, १२ : ०३
माक्र्सले देखाएको क्रान्ति र मुक्तिको बाटोमा हिड्न  मोहन वैद्यको अपिल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले माक्र्सले देखाएको क्रान्ति र मुक्तिको यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका साथ अगाडि बढ्न अपिल गरेका छन् । कार्ल माक्र्सको जन्मदिवसको अवसर पारेर उनले जारी गरेको विज्ञप्तीमा विश्व सर्वहारा क्रान्ति र नेपाली नयाँ जनवादी तथा समाजवादी क्रान्तिको विजय निश्चित रहेको भन्दै प्रतिक्रियावाद र संशोधनवादले जतिसुकै ठूलो हमला गरेपनि माक्र्सवाद तिनको प्रतिकार गर्दै अगाडि बढ्न समर्थ रहेको उल्लेख छ ।

यस्तो छ विज्ञप्ती

प्रेस वक्तव्य
माक्र्सले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं !
आज ५ मई कार्ल माक्र्सको जन्मदिवस हो । माक्र्सवादकाप्रवर्तक, विश्व सर्वहारावर्गका महान शिक्षक तथा नेता कार्लमाक्र्सको जन्म ५ मई, १८१८ मा जर्मनी ट्रियरनगरमा भएको थियो । आज माक्र्स जन्मिएको दुई सय वर्ष र माक्र्स ऐगेल्स लिखित कम्युनिष्ट पाटीको घोषणा पत्रप्रकाशित भएको १७० वर्ष पूरा भएका छन्् । यी वर्षहरुमा माक्र्सको सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादका रुपमा विकसित हुँदै र भीषण वर्गसंघर्ष तथा अन्तरसंघर्षका आरोह अवरोहमय ऐतिहासिकयात्रालाई पार गर्दै वैज्ञानिक समाजवाद–साम्यवादप्राप्तिको दिशामा सान्दार ढंगले अगाडि बढिरहेको छ । यद्यपि विश्व सर्वहारावर्गले क्रान्ति र मुक्तिको ऐतिहासिक मिसन पूरा गर्ने प्रक्रियामा प्रतिक्रािन्तका अनेकौं धक्काहरु खानु, व्यहोर्नु परेको छ । परन्तु, यो क्षणिक तथा अस्थायी कुरा हो । माक्र्सवाद विश्वसर्वहारा वर्गको मुक्तिको सर्वाङ्गिण तथा अपराजेय सिद्धान्त हो र त्यसको विजययात्रा भीषण संघर्षका बीचबाट अगाडि बढ्ने गर्दछ ।

नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि माक्र्सवादको विजययात्रा भीषण संघर्षको प्रक्रियाका बिचबाट अगाडि बढिरहेको छ । माक्र्सवाद विश्वसर्वहारावर्ग र उत्पीडित जनसमुदायको अपराजेय विजयको सैद्धान्तिक हतियार हो । प्रतिक्रियावाद र संशोधनवादले जतिसुकै ठूलो हमला गरुन्, माक्र्सवाद तिनको प्रतिकार गर्दै अगाडि बढ्न समर्थ छ ।

आरदणीय सर्वहारावर्ग तथा उत्पीडित जनसमुदाय र सम्पूर्ण कमरेडहरु माक्र्सले देखाएको क्रान्ति र मुक्तिको महान ऐतिहासिक यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका साथ अगाडि बढौं !

विश्व सर्वहारा क्रान्ति र नेपाली नयाँ जनवादी तथा समाजवादी क्रान्तिको विजय निश्चित छ ।

क्रान्तिकारीअभिवादन, लालसलाम !                                        
मोहन वैद्य(किरण)
महासचिव

प्रतिक्रिया दिनुहोस