नुवाकोटमा २२ दिनकी सुत्केरी मृत फेला

शनिबार, २२ बैशाख २०७५, ११ : ५२
नुवाकोटमा २२ दिनकी सुत्केरी मृत  फेला

नुवाकोट ।  बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस