इलामा अज्ञात समूहद्धारा गाडीमा आगजनी

शनिबार, २२ बैशाख २०७५, ०९ : ५८
इलामा अज्ञात समूहद्धारा गाडीमा आगजनी

प्रतिकात्मक फोटो

इलाम । मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ ।
बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस