विदेश लगेर अलपत्र पार्नेलाई कारबाही सुरू

पत्रपत्रिकाबाट

शनिबार, १५ माघ २०७८, ०८ : १९
विदेश लगेर अलपत्र पार्नेलाई कारबाही सुरू

काठमाडौं । आकर्षक रोजगारी दिने प्रलोभन देखाएर भ्रमण भिसामा विदेश लगेर अलपत्र पार्नेलाई सरकारले नछाड्ने भएको छ। लामो समय बेखबरजस्तो बनेको सरकार केही दिनयता यसको विरुद्धमा तातेको हो।

सरकार तातेसँगै भ्रमण भिसामा विदेशमा अलपत्र पार्ने कन्सल्टेन्सी र ट्राभल एजेन्सी सञ्चालकले आफूले विदेशमा अलपत्र पारेका नागरिकलाई स्वदेश फिर्ता पठाउन थालेका छन्। 

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमल उपाध्यायमार्फत यूएईमा पुुगेर अलपत्र भएका सात जना नेपाली स्वदेश फर्किएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनपछि उक्त कन्सल्टेन्सीले ती नागरिकलाई टिकट काटेर स्वदेश फर्काएको जनाइएको छ। उहाँले भ्रमण भिसाका नाममा नागरिक अलपत्र पार्नेलाई कडा कारबाही गर्ने बताए । गोरखापत्रमा खबर छ।  
 

प्रतिक्रिया दिनुहोस