काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ ।
कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान पाउने छैनन् । यस्तो दयनीय अवस्थामा कार्यालय कुरेर बसेका तल्लो तहका कर्मचारीले सम्बन्धित विभागका प्रमुखलाई सोध्ने गरेका छन्– ‘हाकिम साब कहिलेबाट आउनुहन्छ रु हामीले त यो महिनाको तलब खान पाउँदैनौं कि के हो ?
पर्यटक शुल्कबाट आफैंले कमाएर खर्च गर्नेसक्ने अधिकारसहित स्थापना भएको समितिमा दुईजना मात्र उपसचिव छन् । उनीहरूलाई पनि अहिलेसम्म आर्थिक र प्रशासनिक अधिकार दिइएको छैन । ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा खबर लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ माघ २०७८, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान गर्न जानेको लर्को, काठमाडौंबाट हजारौं बाहिरिए
दैनिक उपभोग्य वस्तुुको भाउ आकाशियो
४८ जना जनप्रतिनिधिविरुद्ध फौजदारी कसुरमा मुद्दा, २८ जना पक्राउ
युवामा कालो चस्माको क्रेज, कसलाई कस्तो चस्मा सुहाउँछ ?
निर्वाचनको मौन अवधि सुरु हुँदै, के–के गर्न पाइँदैन ?
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार