सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ३४ करोड

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, १५ : ५०
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ३४ करोड

काठमाडौं । पछिल्लो दिनमा निरन्तर घटेको सेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । बजार ३.३३ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २७७९.९८ अंकमा पुगेको छ ।

आज ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २४ वटा कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बुद्धभूमि हाइड्रो र वीन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य मूल्य १०/१० प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस