काठमाडौं । राष्ट्रिय सभाको बैठक १७ माघ (सोमबार) बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।
यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।
सूचनाः-
राष्ट्रिय सभाको बैठक सम्बन्धी सूचना राष्ट्रिय सभाको मिति २०७८ साल माघ २ गते आइतवारको सूचना मार्फत अर्को सूचनाद्वारा तोकिने मिति र समयमा सभाको बैठक बस्नेगरी सूचना गरिएकोमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
डा. भरतराज गौतम
संघीय संसदको महासचिव
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल
राष्ट्रिय सभा बैठक सर्यो
राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
राष्ट्रिय सभा बैठक सुरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय