राष्ट्रिय सभा बैठक सर्‍यो

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १३ : ४०
राष्ट्रिय सभा बैठक सर्‍यो

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलित जेनजी संसद् भवनभित्र छरेपछि आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ ।

राष्ट्रिय सभा बैठक आज दिउँसो सवा १ बजेका लागि तोकिएको थियो । आज बैठक बस्न नसक्ने अवस्था भएपछि २५ गते बुधबार दिउँसो सवा १ बजेका लागि सारिएको हो ।