काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो ।
रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, 'अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।'उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै, रियल हुने बताएका छन् ।
'अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,' उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने