काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई ज्ञापन गरेका छन् ।
विजयी सन्देश जारी गर्दै नेपालले विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ ।
राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह,
केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट एक सदस्य निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव