काठमाडौं । आज सेयर बजारमा ३८.४५ अंकले घटेको छ । १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७७६.६१ अंकमा आएको छ।
४ अर्ब ३१ करोड ३१ लख ५४ हजार ४२.१७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । २ सय ३३ वटा कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच भएको हो । आज सबै समूह राताम्मे भएका छन् ।
बुद्धभूमि हाइड्रोको सेयर र वीन नेपाल लघुवित्तको सेयर मूल्य १०र१० प्रतिशतले वृद्धि भएको छ । अपि पावर कम्पनीको १६ करोड ७७ लाख ५७ हजार ४ सय ३४.२० रुपियाँ बराबरको कारोबार भएको हो । यो नै आजको सबैभन्दा धेरै कारोबार हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे