जनगणना २०७८: कुन जिल्लामा कति जनसंख्या ?

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १४ : ५५
जनगणना २०७८: कुन जिल्लामा कति जनसंख्या ?

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज बिहान सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसंख्याको दुई करोड ९१ लाख ९२ हजार ४०८ पुगेको छ ।

सार्वजनिक तथ्याङअनुसार काठमाडौँमा सबैभन्दा धेरै र मनाङमा कम जनसंख्या रहेको छ । काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ र मनाङको ५ हजार ६ सय ४५ रहेको छ ।

त्यस्तै, मोरङ बढी जनसंख्या हुने जिल्लाको सूचिमा दोस्रो स्थानमा छ । त्यहाँको जनसंख्या ११ लाख ४७ हजार एक सय ८६ रहेको छ । तेस्रो स्थानमा रहेको रुपन्देहीको जनसंख्या ११ लाख १८ हजार नौ सय ७५ पुगेको छ । नौ लाख ९८ हजार ९० र नौ लाख ३८ हजार चार सय ६१ सहित झापा र सुनसरी बढी जनसंख्या हुने जिल्लाको सूचीमा क्रमश: चौंथो र पाँचौं स्थानमा रहेका छन् ।

यता, मनाङपछि कम जनसंख्या भएको जिल्लामा मुस्ताङ रहेको छ । मुस्ताङमा १४ हजार पाँच सय ८६ जनसंख्या रहेको तथ्याङले बताएको छ । डोल्पामा ४२ हजार नौ सय ५९ र रसुवा ४५ हजार चार सय ५४ जनसंख्या रहेको छ ।

पाँचौ नम्बरमा समावेश हुम्लामा ५५ हजार चार सय ९६ जनसंख्या रहेको विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा छ ।

प्रतिक्रिया दिनुहोस