खोटाङका १० स्थानीय तहमा तोकिए माओवादी केन्द्रको इन्चार्ज र सह-इन्चार्ज

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १४ : ५०
खोटाङका १० स्थानीय तहमा तोकिए माओवादी केन्द्रको इन्चार्ज र सह-इन्चार्ज

खोटाङ । खोटाङका १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रको इन्चार्ज तथा सह–इन्चार्ज तोकिएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको मंगलबार बसेको बैठकले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको इन्चार्ज तथा सह-इन्चार्ज तोकेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा होमकाजी आचार्य (विनोद)लाई इन्चार्ज र विकास राईलाई सह-इन्चार्ज, हलेसी तुवाचुङ नगरपलिकामा हस्तबहादुर राई (आमोद)लाई इन्चार्ज र चईन्द्र राई (आक्रोश)लाई सह-इन्चार्ज तोकिएको छ । 

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईले इन्चार्ज र श्रीमबहादुर राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा उदिम बान्तावा (मुक्ति)ले इन्चार्ज तथा शुसिला बान्तवा र इन्द्र नाराथुङ्गेले सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज तथा बिरवल किराँती र राजकुमार बिष्टले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अजम्बर राई इन्चार्ज र लक्ष्मीकुमार राई सह–इन्चार्ज, बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, रावावेँसी गाउँपालिकामा सीताराम अधिकारी (भूमि) इन्चार्ज, साकेला गाउँपालिकामा अर्जुन खड्का (झंकार) इन्चार्ज र बिर्सिका राई सह–इन्चार्ज तोकिएका छन् ।

केपिलासगढी गाउँपालिकामा भने इन्चार्ज र सह–इन्चार्ज तोकिएका छैनन् । इन्चार्ज र सह–इन्चार्ज नतोकिएसम्म केपिलासगढीमा जिल्ला समन्वय समितिले हेर्ने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दिपक पाण्डे (आकाश)ले बताए । माओवादी केन्द्रले बराहपोखरी र रावाबेँसी गाउँपालिकाको सह–इन्चार्जको टुंगो लगाउन पनि बाँकी राखेको छ । 

प्रदेश कमिटीले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा पाण्डे र सचिवमा जीवन राई (संगीन)लाई अघि सारेको छ ।