जनगणना २०७८ : नेपालको जनसंख्या २ करोड ९१ लाख, २७ लाख जनसंख्या वृद्धि

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १० : ४९
जनगणना २०७८ : नेपालको जनसंख्या २ करोड ९१ लाख, २७ लाख जनसंख्या वृद्धि

काठमाडौं ।  केन्द्रीय तथ्यांक विभागले यसै वर्ष गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो ।

जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् । नेपालको जनसंख्या ३ करोड नाघेको अनुमान गरिए पनि जनसंख्या वृद्धिदर घट्दा ३ करोड छुन नसकेको देखिएको छ ।

१० वर्षअघि वि.सं २०६८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

प्रतिक्रिया दिनुहोस