काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले मातहतका केही जिल्लामा संयोजक तोकेको छ । मंगलबार बसेको बैठकले जिल्ला संयोजकका साथै निर्वाचन क्षेत्र तथा पालिका इन्चार्ज पनि तोक्ने निर्णय गरेको हो ।
जसअनुसार खोटाङमा दिपक पाण्डे, उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राई संयोजक तोकिएका हुन् । बाँकी जिल्लामा क्रमशः तोकिनेछ ।
बैठकले बैठकले पार्टीको प्रदेश कार्यालय राख्नका लागि आफ्नै भवन बनाउने निर्णय गरेको पनि छ ।
बैठकले राष्ट्रिय सभामा गठबन्धनका उम्मेद्वारलाई मत हाल्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई निर्देशन पनि गरेको छ । यस्तै बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ । माओवादीले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ ।
जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्भेक्षण कार्यदल रहेको सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र
चुनावमा जाने निर्णय गरेका छौँ : प्रचण्ड