दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु