काठमाडौं । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान (राति) करिब साढे २ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीले आक्रमण गरेपछि घरबाट भाग्ने क्रममा उनकी आमा ५५ वर्षीया पार्वती साउद र छोरी ६ वर्षीया रोजिना साउद घाइते भएको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । प्रहरीले घाइते दुवै जनालाई टीएन्डसी अस्पतालमा सामान्य उपचार गरिएको जनाएको छ ।
थप उपचारका लागि धनगढी रिफर गरिएकोमा बिहान सवा ६ बजेतिर ६ वर्षीया रोजना साउदको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो