आज जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, ०७ : ४८
आज जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने भएको छ । जसका लागि सबै तयारी भइसकेको राष्ट्रिय योजना आयोग मातहतको सो विभागले जनाएको छ । 

 जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस