एजेन्सी । उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई ओटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो ।
उत्तर कोरियाले केही दिनयता ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ । तर, दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफको कार्यलयले उत्तर कोरियाको मिसाइल प्रहारबारे पुष्टि गरिसकेको छैन् ।
प्योङयामाथि राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत क्रुज मिसाईल प्रहारमा भने रोक लगाएको छैन् । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले बारम्बार आणविक हतियार परीक्षण गरेको छ । यस वर्षमात्र उत्तरले चार पटक व्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ माघ २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे
अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित
चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियामा के छ ?
पाकिस्तानको पेसावरमा २ व्यापारीको गोली हानी हत्या
उत्तर कोरियामा १० लाख कोरोना संक्रमित