एजेन्सी । के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् ।
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल गरेका छन्, जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ । यस्तो भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ ।
१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविष्यवाणी गर्न सफल भएको मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ । ‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने ।
अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ माघ २०७८, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
त्रिपुरेश्वरमा शिशुको आँखाको जटिल शल्यक्रिया सफल
निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित
कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक
आँखा पाक्दा लगातार बरफले सेके हुन सक्छ थप समस्या
आँखा पाक्ने समस्याले काठमाडौं उपत्यकाका विद्यालय बन्द