यस्तो खानेकुरा खानुहोस्, डाइटिङ गर्नै पर्दैन

विहीबार, १६ कार्तिक २०७४, २३ : ५४
यस्तो खानेकुरा खानुहोस्, डाइटिङ गर्नै पर्दैन


कसरी आकर्षक फिगर पाउने ? हामी सजिलो उपया खोज्छौ, डाइटिङ । अर्थात खानामा कटौती गरेपछि शरीरलाई सुडौल बनाउन सकिन्छ भन्ने हाम्रो सोचाई छ ।

तर, यसका लागि डाइटिङ मात्र पर्याप्त छैन । व्यायाम र सन्तुलित दिनयर्चा पनि उत्तिकै आवश्यक छ ।

यद्यपी हामी खान मन लाग्दा लाग्दै पनि छाक छाड्छौ । तर, कुन खानेकुरामा कति क्यालोरी छ भन्ने थाहा पाइयो भने भोको बस्नै पर्दैन । किनभने डाइटिङका लागि लो कैलोरी युक्त खानेकुरा खान जरुरी छ ।

हामीले खाने हरेक कुरामा लो कैलोरी नहुन सक्छ । विशेषगरी, चकलेट, आइसक्रिम, बेकरी आइटम लगायतका खानेकुरामा कैलोरी अत्याधिक हुने भएकोले यस्ता खानेकुराले शरीरलाई हानी पुर्‍याउने गर्छ । यस्ता कैलोरीयुक्त खानेकुराबाट बच्नकोलागि कुन खानेकुरामा कति कैलोरी हुन्छ भनेर जान्न आवश्यक छ ।

कुन खानेकुरामा कति कैलोरी ?

तीन वटा राईस केक (१३२ केसीएएल) तीन नगेट (१३५ केसीएएल)

सय ग्राम ब्रोकाउली (३४ केसीएएल) एउटा मार्समेलो (३० केसीएएल )

सय ग्राम डाईफ्रुट (३५९ केसीएएल) एक मफिन (३५० केसीएएल)

एउटा स्याउ (५२ केसीएएल) एक मुठी जेली वियर (५४ केसीएएल)

सय ग्राम मुस्ली (१५० केसीएएल) एउटा सानो चिप्सको प्याकेट (१३२ केसीएएल)

एक गिलास मल्टी फु्रट स्मुदी (८५ केसीएएल) एक गिलास कोक (८२ केसीएएल)

एक मुठी ओख्खर १० ग्राम (३४ केसीएएल) एउटा प्योकट फ्रेञ्ज फ्राइज (४६० केसीएएल)

सय ग्राम किसमिस (२६४ केसीएएल) सय ग्राम जेली कैण्डी (३५० केसीएएल)

चारवटा उसिनेको अण्डा (३१० केसीएएल) एउटा चीजवर्गर (२९५ केसीएएल)

सय ग्राम ब्राउन राईस (३७७ केसीएएल) दुईवटा वेफर (३३० केसीएएल)

एउटा लो कैलोरी फिटनेश बार (२७५ केसीएएल) एउटा स्ट्रोबेरी आइसक्रिम (३६९ केसीएएल)

एउटा उसिनेको चिकन ब्रेस्ट (१४६ केसीएएल) एउटा घरमै बनाएको पैनकेक (१५० केसीएएल)

यसबाट पनि थाहा पाउन सकिन्छ । हामीले लो कैलोरी भनेको खानेकुरामा कति कति कैलोरी हुन्छ भनेर । त्यस्तै, कहिलेकाही नसोचेको खानेकुरामा समेत कैलोरीको मात्रा उच्च हुने गर्छ  ।

प्रतिक्रिया दिनुहोस