देवेन्द्र पौडेल मन्त्री भएपछि गरेका कामको फेहरिस्त

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १९ : १०
देवेन्द्र पौडेल मन्त्री भएपछि गरेका कामको फेहरिस्त

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्री भएपछि गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्। यस्तै, उनले ५५ बुँदे योजना पनि सार्वजनिक गरेका छन्। शिक्षामन्त्री पौडेलले मन्त्रालय सम्हालेको ६ महिने अवधिका काम र आगामी योजना समेटेर मन्त्रालयका प्राथमिकता र हालसम्मका उपलब्धीहरु सार्वजनिक गरेका हुन्।

शिक्षामन्त्री पौडेलले प्रस्तुत गरेको उपलब्धिमा शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको, छात्रवृत्ति विवरणको लागि कार्यविधि स्वीकृत गरी प्रकृया अगाडि बढाइएको, राष्ट्रिय पुस्तकालय भवन निर्माण प्रक्रिया अगाडि बढाइएको, द्वन्द्व पीडित शिक्षकका समस्या समाधानको लागि पहल गरिएको लगायत छन्। 

यस्तै उनका योजनामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गरिने, सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने, अनिवार्य तथा निशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने लगायत छन्। 

प्रतिक्रिया दिनुहोस