कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, ०८ : २८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविदले बताएका छन् ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू–भागका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ । यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ।

प्रतिक्रिया दिनुहोस