काठमाडौँ । सत्ता गठबन्धनले तीनै तहको आगामी निर्वाचन एकै चरणमा गर्ने समझदारी जुटाएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव अनुसार तीनै निर्वाचन एकै पटक गर्ने समझदारी जुटाइएको हो।
बैठकमा तीनै तहको चुनावका लागि २०७९ मंसिर महिना उपयुक्त हुने निष्कर्षमा सत्ता साझेदार नेताहरु पुगेका छन्। २०७४ को वैशाख ३१ गते पहिलो, जेठ ३१ गते र असोज २ गते तेस्रो चरणमा स्थानीय तह निर्वाचन भएको थियो। यी तीनमध्ये एकलाई पाँच वर्षे कार्यकालको अन्तिम मानेर निर्वाचन मिति घोषणा तयारीमा गठबन्धन जुटेको हो।
यसअघि गत मंगलबारको संयन्त्र बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निर्वाचन वैशाख(जेठमा गर्ने प्रस्ताव अघि सारेका थिए। तर स्थानीय निर्वाचन पछि धकेल्ने प्रचण्डको प्रस्तावप्रति सत्ताधारी दलकै नेतासहित कानुनविद्हरुले पनि विरोध गरेका थिए।
बैठकमा माधव नेपालको प्रस्ताव अनुसार अघि बढ्न प्रमुख सत्तारुढ कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि तयार भएका छन्। ‘ल ठीक छ, हामी सबै सल्लाहबाटै जान्छौँ। गठबन्धनको भावनाअनुसार अघि बढिरहेका छौँ। यसलाई निरन्तरता दिनुपर्छु, बैठकमा देउवाले भनेका थिए, ‘चुनाव मिति सहमतिबाटै घोषणा हुनेछ। कानूनविद, संविधानविद् र निर्वाचन आयोगसँग छलफल गरेर स्पष्ट दृष्टिकोण बनाएपछि तोकौँला।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १९ : ४९
लेखकबाट थप