एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ ।
१३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् ।
मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् । ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ माघ २०७८, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे
अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित
चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियामा के छ ?
पाकिस्तानको पेसावरमा २ व्यापारीको गोली हानी हत्या
उत्तर कोरियामा १० लाख कोरोना संक्रमित