काठमाडौं । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।
नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले गठबन्धनको सूत्राधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन् ।
‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ एमाले उपाध्यक्ष पोखरेलले प्रश्न गरेका छन् ।
२०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल
ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणा पत्र पार्टी कार्यालयमा बुझाए (पूर्णपाठ)
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
‘संगठन र विधानबारे थप बहसको खाँचो’ : ईश्वर पोखरेल