टी–२० विश्वकपमा भारतको पहिलो खेल पाकिस्तानविरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, ११ : ३९
टी–२० विश्वकपमा भारतको पहिलो खेल पाकिस्तानविरुद्ध

एजेन्सी । सन् २०२२ को टी–२० विश्वकपमा भारतको पहिलो खेल पाकिस्तानविरुद्ध हुने भएको छ । गत वर्ष युएई र ओमानमा भएको टी–२० विश्वकपमा पनि भारतले पाकिस्तानसँग पहिलो खेल खेलेको थियो, जसमा पाकिस्तानले भारतलाई पहिलो पटक विश्वकपमा पराजित गरेको थियो । यसपटक अष्ट्रेलियामा टी–२० विश्वकप आयोजना हुँदैछ । 

सो विश्वकप अक्टोबर १६ बाट सुरु हुँदैछ । आईसीसीले शुक्रबार टी–२० विश्वकप २०२२ को खेल तालिका सार्वजनिक गरेको छ । यो तालिका अनुसार भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २३ अक्टोबरमा मेलबर्न क्रिकेट मैदानमा खेल्नेछ। फाइनल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ । प्रतियोगितामा एडिलेड, ब्रिस्बेन, जिलङ, होबर्ट, मेलबर्न, पर्थ र सिड्नीका विभिन्न ७ सहरमा जम्मा ४५ वटा खेल हुनेछन् । सन् २०१४ को च्याम्पियन श्रीलंकाले प्रतियोगिताको उद्घाटन खेल १६ अक्टोबरमा नामिबियासँग खेल्नेछ।

फाइनल खेल फ्लडलाइटमा खेलाइने भने विश्वकपको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा सिड्नीमा र दोस्रो नोभेम्बर १० मा एडिलेड ओभलमा हुनेछ । एडिलेड ओभलमा विश्वकपको सेमिफाइनल हुने यो पहिलो पटक हुनेछ । फाइनल खेल नोभेम्बर १३ मा मेलबर्न क्रिकेट मैदानमा हुनेछ। यो खेल फ्लडलाइटमा खेलाइनेछ ।

पछिल्लो विश्वकप अस्ट्रेलियाले जितेको थियो । पछिल्लो टी-२० विश्वकप २०२१ युएई र ओमानमा आयोजना गरिएको थियो । यो विश्वकप अस्ट्रेलियाले जितेको थियो । उसले फाइनलमा न्युजिल्याण्डलाई हराएको थियो ।

समूह–२ मा पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र सुपर १२ मा छनोट भएका दुई टोलीसँग भारत छन् । भारतले पूरै प्रतियोगितामा जम्मा ५ खेल खेल्नेछ । पहिलो खेल अक्टोबर २३ मा पाकिस्तानसँग, दोस्रो खेल २७ अक्टोबरमा समूह ए को उपविजेतासँग, तेस्रो खेल ३० अक्टोबरमा दक्षिण अफ्रिकासँग र चौथो खेल २ नोभेम्बरमा बंगलादेशसँग र ५ नोभेम्बरमा समूह बीको विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस