काठमाडौ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन ।
आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन । यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो ।
३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण