काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य (किरण) १६ दिन अस्पताल बसेर डिस्चार्ज भएका छन् । गत जेष्ठ १८ गते उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं भर्ना भएका थिए ।
गुपचुप उपचार गराईरहेका उनको एक साता लामो समयसम्म पनि पार्टीले समेत उपचारमा पार्टी नेता रहेको जानकारी गराएको थिएन । लामो समय देखि विरामी रहेका वैद्यले आफु विरामी परेपछि पार्टी हाक्ने जिम्मा सिपि गजुरेल (गौरव)लाई दिएका छन् । गौरवले अहिले उक्त पार्टीको कार्यवाहक महासचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।
बैद्यलाई विरामी उपचारका लागि चिनियाँ सरकारले पनि आफनो देशमा आउन आग्रह गरेको थियो । नेपाल सरकारको सिफारिसमा चीनमा आएर उपचार गराउन चिनियाँ पक्षले वैद्यलाई आग्रह गरेको भएपनि बैद्यले केपी ओली नेतृत्वको सरकारसँग सिफारिस लिएर आफनो उपचार चीनमा गराउन चाहेनन् । त्यसपछि उनको त्रिबि शिक्षण अस्पतालमै उपचार भएको थियो ।
१६ दिन अस्पताल बसेपछि उनी हिजो साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी डिस्चार्ज भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यवाहक महासचिव सिपि गजुरेल (गौरव)ले वक्तब्यमार्फत जानकारी गराएका छन् ।
बैद्यलाई पछिल्लो पटक स्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो । शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत डाक्टरहरुको निगरानीमा बैद्यको उपचार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, ०८ : ५३
लेखकबाट थप