काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३२.९६ अंकले बढेर २९ सय ३१.२६ को बिन्दुमा पुगेको हो ।
बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको छ । आज २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । बुधबार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख मात्रै छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये बैकिङ र म्युचलफण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । आज आईएमई जनरल इनस्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा दरियो । आज उक्त कम्पनीको सेयर खरिद बिक्री २२ करोड भन्दा धेरै रह्यो ।
आज मैलुङदखोला र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किटलागेको थियो । समग्र बजारमा जलबिद्युत कम्पनीका लगानीकर्ताले उच्च लाभ प्राप्त गरे । आईसीएफसी फाइनन्यानस कम्पनीको डिभेन्चरको मूल्यमा आज ४ अंकको गिरावट आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे