महोत्तरी । एमाले महोत्तरीको बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकियो । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।
तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ । अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने एकथरी नेताको ठोकुवा छ भने अर्कोथरी नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।
एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाको कारण नै स्थगित भएको दाबी गर्छन् । एमालेका पोलिटब्युरो सदस्य तथा महोत्तरीका नेता रामदयाल मण्डल । उनले विधि र विधानअनुसार नै आयोजक कमिटीलाइ सपथ खुवाएको जिकिर गरे ।
तर अर्का केन्द्रीय सदस्य सरोज यादव भने सपथग्रहण असहमतिमै खुवाएको हुँदा यो पूर्णत: अवैधानिक र अव्यावहारिक भएको दाबी गर्छन् । ‘केन्द्रको संगठन विभाग प्रमुखबाट जिल्ला आयोजक कमिटी गठनलाई स्थगित गर्नु भन्ने निर्देशन भइसकेको छ । तैपनि उनीहरू त्यसलाई वैधानिक मान्छन् भने हामी के भन्न सक्छौ र,’ सदस्य यादवले भने ।
जिल्ला अधिवेशनका लागि एकथरीले तयारी पुगिसकेको बताए पनि यादव पक्षले भने अहिलेसम्म कुनै तयारी नभएको दाबी गरेकाे छ । ‘रामदयाल मण्डलले मात्र पार्टीलाई हाँक्नुहुन्छ भने हामीलाई भन्नु केही छैन । नत्र सबैजना विधि र विधानअनुसार चल्नै पर्छ,’ नेता यादवले भने । महोत्तरीमा अधिवेशनको तयारी नपुगेको भन्दै २४ र २५ पुसमा गर्नुपर्ने अधिवेशन ५ र ६ माघलाई निर्धारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प