काठमाडौं । हाल देशको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहानैदेखि सुदूरपश्चिम, कर्णाली लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ भने पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना पनि रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना