मास्क नलगाई हिँड्डुल गर्नेलाई १०० रुपैयाँ !

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १८ : ५१
मास्क नलगाई हिँड्डुल गर्नेलाई १०० रुपैयाँ !

काठमाडौं । तपाइँ मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला । मास्क नलगाई हिँडे एकातिर कोरोनाको जोखिम हुन्छ भने अर्कोतिर १०० रुपैयाँ जरिवाना पनि लाग्छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराउन थालेको हो ।  

प्रतिक्रिया दिनुहोस