काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको प्रदेश नं २ को मधेश प्रदेश नामकरण भएकोमा खुशी व्यक्त गरेका छन् ।
आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार मधेश नामाकरण भएको भन्दै उनले प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई पनि दिए ।सामाजिक सञ्जालबाट बधाई सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम र राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरू र मधेश प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ माघ २०७८, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?