काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको प्रदेश नं २ को मधेश प्रदेश नामकरण भएकोमा खुशी व्यक्त गरेका छन् ।
आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार मधेश नामाकरण भएको भन्दै उनले प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई पनि दिए ।सामाजिक सञ्जालबाट बधाई सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम र राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरू र मधेश प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ माघ २०७८, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो’ : प्रचण्ड
एमाले छाडेर सबै नेकपामा आउने ‘प्रचण्ड’ को दाबी
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
प्रचण्ड र खनालबीच भेटवार्ता
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’: प्रचण्ड