काठमाडौं । अस्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ ।
न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डमा आपत्काल घोषणा गरिएको हो । साथै अष्ट्रेलियाका ओमिक्रोन संक्रमित राज्यहरुका लागि थप ५७ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अष्ट्रेलियामा दैनिक ७३ हजार कोरोना संक्रमित हुन थालेकाले ५७ हजार स्वास्थ्यकर्मी थप गरिएको जानकारी दिनुभयो ।स्वास्थ्यकर्मीहरुले हप्ता बिदा समते लिन नपाउने नियम लागु गरिएको छ ।
हिजो अष्ट्रेलियामा कोरोनाका कारण एकै दिन ७६ जनाको मृत्यु भएको थियो । जुन कोरोनाबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ माघ २०७८, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे
अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित
चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियामा के छ ?
पाकिस्तानको पेसावरमा २ व्यापारीको गोली हानी हत्या
उत्तर कोरियामा १० लाख कोरोना संक्रमित