चलचित्र ‘म यस्तो गीत गाउँछु -२’ को प्रदर्शन रोकियो

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १२ : ००
चलचित्र ‘म यस्तो गीत गाउँछु -२’ को प्रदर्शन रोकियो

काठमाडौं । नेपालमा तेस्रो लहरको कोरोना भाइरस दिन–प्रतिदिन बढ्दो क्रममा रहेका कारण चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शन रोकिएको छ ।

आगामी माघ १९ गते प्रदर्शन गर्न लागेको सो चलचित्र कोरोना भाइरसका कारण प्रदर्शन नगर्ने निर्णय गरेको सो चलचित्रका निर्देशक सुदर्शन थापाले एक विज्ञप्ति जारी जानकारी दिनु भएको हो ।

अब अर्को सूचना नआउँदासम्मका लागि चलचित्र प्रदर्शन नहुने सो विज्ञप्तिमा उल्लेख गरिएको छ 

प्रतिक्रिया दिनुहोस