इनरुवा । सुनसरीको सीमावर्ती गाउँ चिमडीको बर्जु महोत्सवमा उपस्थित हुने भनिएका कलाकार नआएको भन्दै आक्रोशित दर्शकले आगजनी गरेका छन् ।
जिल्ला सदरमुकाम इनरुवादेखि २२ किलोमिटर दूरीमा रहेको बर्जु गाउँपालिका ६ चिमडीको बर्जु तालमा भारतको बिहारका भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउने भनेर व्यापक प्रचारप्रसार गरिएको थियो । तर, कार्यक्रममा यादव नआएपछि आक्रोशमा दर्शकले मञ्च र केही गाडीमा आगजनी गरेका हुन् ।
बिहानैबाट टिकट काटेर प्रवेश गरेको तर कलाकार यादव नलाउने भएपछि दिउँसो दर्शकले आगजनी गरेको महोत्सवमा सहभागी पत्रकार सुरेन्द्र मेहताले जानकारी दिए । आगजनीबाट भारतीय नम्बर प्लेट भएका चार वटा स्कारपियो जलेका छन् । भोजपुरी सुपर स्टार कलाकारलाई हेर्न स्थानीय दर्शक बिहानैदेखि दुई सय र तीन सय रुपियाँको टिकट काटेर महोत्सवमा बसेका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । पुस २३ गतेदेखि चलेको महोत्सवमा विभिन्न कलाकारको प्रस्तुति हुँदै आएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ माघ २०७८, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
मुन्दुम पदमार्ग प्रबर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव
नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा उपासना नियुक्त
इलामको रोङमा आजदेखि कला–संस्कृति महोत्सव
सौराहामा ४ वर्षपछि हात्ती महोत्सवको तयारी, मुख्य आकर्षणमा सुन्दरी प्रतियोगिता