काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंककोे पालुङ शाखाले थाहा ̵ ७ डाँडाबास स्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्यनरत विपन्न परिवारका ६३ जना छात्र ̵छात्राहरुलाई ज्याकेट वितरण गरेको छ ।
विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिन । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्दा दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पग्ने बताउदै विद्यालयका प्रधानाध्यापक प्रताप सिह गोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गर्नुका साथै यस किसमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर