चितवन । भरतपुर महानगरवासिका लागि मेयर रेनु दाहाल देबी बनेर आएको भरतपुर महानगर वडा नम्वर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले बताएका छन् । वडामा आयोजित स्थानिय बिपन्न महिलाका लागि सिलाई मेशिन बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले भरतपुर महानगरको बिकास अहिले सम्म यसरी नभएको र अब पनि नहुने दाबी गर्दै मेयर दाहाल देबीको अबतार भएको तर्क गरे ।
वडा अध्यक्ष न्यौपानेले भने, 'कथा कितावमा हामिले पढ्थ्यौ महिला देबीको अबतार हो । संकटका बेलामा देबीको रुप लिएर धेरै समस्या हल गर्छन भन्ने हामिले सुनेका थियौ । बिकासको कुरा गर्दा भरतपुरमहानगरका लागि नगर प्रमुख रेनु दाहाल देबीको अवतार बनेर अउनु भयो यो बिकास न हिजो भएको थियो न भोली हुने छ' ।
कार्यक्रममा बोल्दै मेयर दाहालले महिलाले हिम्मत गर्यो भने जस्तो सुकै काम पनि पुरुषले भन्दा अव्बल तरिकाले पुरा गर्न सक्ने बताईन् । धेरै ठुलो संघर्ष र लडाइबाट संविधानमै महिलाको ३३ प्रतिशत अधिकारको ग्यारेन्टि गर्न सफल भएको र अब पनि महिलाले हरेक ठाउँमा आफनो स्थान खोजेर अबसर पाएका बेला धेरै प्रभाबकारी र नमुना काम गरेर देखाउनुपर्ने तर्क गरिन । आफु निर्वाचित भएको दिन देखि महानगरको बिकासमा निरन्तर काम गरिरहेको र त्यसैको प्रतिफलले धेरै बिकास भएको दाहालको भनाई छ । मेयरसंग महिला, मेयरसंग बालबालिका, मेयरसंग छात्रा लगाएतका महिलासंग सरोकार राख्ने बिषयमा पनि आफु प्रत्यक्ष जोडिएर कार्यक्रमहरु गरेको र आफु निर्वाचित भएर आएदेखि बिकास भन्दा अरु कुर मनमा सोच पनि नआएको दाहालको भनाई छ । नगरवासीको मायाका कारण यो सब सम्भव भएको पनि दहालले बताईन् ।
कार्यक्रममा वडाको ३ लाख बजेटबाट २० जना महिलाहरुका लागी स्वरोजगार बनाउन सिलाई मेसिन प्रदान गरिएको थियो ।सिलाई मेसिन पाएपछि खुसि हुँदै बिमला परियारले यसले आफ्नो आर्थिक अवस्था थप सवल बनाउने बताईन् । निकै खुसिले गदगद हुदै उनि सिलाई मेसिन लिएर मेएर रेनु दाहाललाई धन्यबाद दिदै घरतिर लागिन्। उनि मात्रै हैन यहाँ २० जना स्थानिय महिलाहरुले मेयर दाहालको हातबाट मेसिन लिन पाउँदा धेरै खुसि लागेको बताए । मेयर संग प्रत्यक्ष भेटेर उहाँको हातबाट मेसिन लिन पाउँदा निकै खुसि लाग्दो रहेछ मेसन प्राप्त गर्न सफल अर्की महिला हठनी महतो बताउँछीन् । यो मेसिनको भरपुर प्रयोग गरेर आर्थिक अवस्थामा सुधार गर्ने चाहाना रहेको महतोले सुनाईन् ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
मंगलबार, ०४ माघ २०७८, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता