कोरोना अपडेट : थप ६ हजार ७३४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १६ : ३५
कोरोना अपडेट : थप ६ हजार ७३४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १४ हजार १४ पीसीआर परीक्षणमा ५ हजार ७४७ र ३ हजार ४५१ परीक्षणमा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज थप ५४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२३ छ ।  

प्रतिक्रिया दिनुहोस