अफगानिस्तानको बाघलान प्रान्तमा बम विस्फोट दुई जनाको मृत्यु

एजेन्सी

सोमबार, ०३ माघ २०७८, १५ : १६
अफगानिस्तानको बाघलान प्रान्तमा बम विस्फोट दुई जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानकाे उत्तरी बाघलान प्रान्तमा विगतका वर्षको युद्धबाट बाँकी रहेको विस्फोटक पदार्थ आइतवार विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।

स्थानीयवासीका अनुसार प्रान्तीय राजधानी पुल–ए–खुम्री सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार मध्याह्नमा भएको विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनाको सरकारी समाचार एजेन्सी बख्तरले पुष्टि गरेको छ ।

विस्फोटक उपकरणले सर्वसाधारणको ज्यान गत हप्तामा पनि गएको थियो । गत सोमबार पूर्वी नान्गाहार प्रान्तको लालपुर जिल्लाको एक विद्यालयबाहिर विस्फोटक पदार्थ विस्फोट हुँदा छ बालबालिका र एक विक्रेताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए ।