काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले बदली हुने भएको हो ।
हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य प्रदेशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा हुस्सु–कुहिरो लागेको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमापातको सम्भावना छ ।
यसैगरी राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँही क्षेत्रमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना