पाउरोटी उद्योगीलाई जोगाईदिन सहायक प्रजिअ शर्मालाई आयो राजनीतिक दबाव (भिडियोसहित)

प्रकाश सिग्देल

शनिबार, ०१ माघ २०७८, १६ : १०
पाउरोटी उद्योगीलाई जोगाईदिन सहायक प्रजिअ शर्मालाई आयो राजनीतिक दबाव (भिडियोसहित)

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर १२ मा रहेको लक्ष्मी पाउरोटी उद्योग र लक्ष्मी बिस्कुट उद्योगको उत्पादनमा रोक लगाएको छ ।अति आवश्यक पुर्वाधार पुरा नगरेको, लेवल र खाद्य अनुज्ञा नम्वर उत्पादनमा नराखेको,मुल्य समेत नराखेको भन्ने उजुरी परेको र त्यही ऊजुरीका आधारमा अनुगमन गर्दा बजारमा पठाउँनका लागि झोलामा राखिएको समानमापनि त्यस्तै भेटिएकाले उत्पादन रोक लगाएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माले बताए ।

खाद्य एन बिपरित कार्य गरेको पाईएकोले यसलाई खाद्य ऐन अन्र्तगत मुद्दा चलाउने र आवश्यक कारबाही गरिने शर्माको भनाई छ ।एक जना व्यक्तिका नाममा उद्योग स्थापना गरी अर्कै व्यक्तिले संचालन गरेको पाईएको शर्माले बताए । यो उद्योगी लाई बचाईदिनु पर्ने भन्दै आफुलाई ठुलै नेताको सचिवालयको कर्मचारी रहेको बताउँदैै एकजना केसी थरका मानिसले फोन समेत गरेको उनकोे भनाई छ ।

अनुगमनका क्रममा पाउरोटी उद्योगले पुरा गर्नुपर्ने मापदण्ड पुरा नगरेको पाईएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए । अहिले तत्काल उत्पादन बन्द गर्ने र मुद्दा दायर गरी खाद्य ऐन अन्र्तगत कारबाही गर्ने स्थलगत निर्णय भएको उनको भनाई छ ।

आवश्यक कानुनी प्रक्रिया अगाडी बढ्दै जाने र उत्पादन स्थल सुधारका लागि १ महिना समय मागेको र त्यसका लागी १ महिनाको समय पनि दिइएको सहायक प्रजिअ शर्मा बताउँछन । अहिले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक दिन जसो संयुक्त बजार अनुगमन भईरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस