पीएम क्रिकेट कप : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, ०९ : ५०
पीएम क्रिकेट कप : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित

काठमाडौँ । खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ।

प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज टियु क्रिकेट मैदानमा दुबै टिमबीच खेल तय भएको थियो। तर, प्रदेश १ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)  ले बताएको छ।

आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ। एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो। दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जीत निकालेको थियो।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश १ ले दोस्रो खेलमा पानीका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो। (न्युज कारखाना

प्रतिक्रिया दिनुहोस